माईभ्याली गोल्डकपः मछिन्द्र सेमिफाइनलमा

माईभ्याली गोल्डकपः मछिन्द्र  सेमिफाइनलमा

मछिन्द्र क्लब काठमाण्डौ इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुडीखेलमा सोमबार भएको खेलमा गोर्खा व्वाइज फुटबल क्लब रुपन्देहीलाई टाइबेक्ररमा हराउदै अघिल्लो चरणको यात्रा तय गरेको हो । निधारित ९० मिनेट र थप गरिएको २० मिनेटमा समेत गोल नभएपछि टाइव्रेकर मार्फत गरिएको निर्णयमा ५—३ गोल अन्तरले मछिन्द्र बिजयी बन्दै सेमीफाइनल प्रवेश गरेको हो । जितसंगै फाइनल प्रवेशका लागी मछिन्द्रले पाहुना टोली दार्जिलिङको मानेभञ्जयाङ फुटबल क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
खेलको म्यान अफ दी म्याच मछिन्द्रका रजिन धिमाल बने । उनले नगद १० हजार प्राप्त गरे । मंगलबार आयोजक माईभ्याली फुटबल क्लब र पाहुना टोली मोहोम्मदन स्पोटिङ क्लब कोलकोता बीच प्रतिस्पर्धा हुनेछ ।