माइभ्याली गोल्डकप :फाइनल प्रबेशका लागि आयोजक र आर्मी भिड्दै ।

Share This
  •  
  • 62
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares
माइभ्याली गोल्डकप :फाइनल प्रबेशका लागि आयोजक र आर्मी  भिड्दै ।

इलाममा जारी छैटौं माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा विहिबार आयोजक माइभ्याली फुटबल क्लब र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुदैछ । इलाम स्थित ठुलो टुडिखेलमा दिउँसो ३ बजे पछि फाइनल प्रवेशका लागि दुई टोली मैदानमा उत्रदै छन ।


यो प्र्रतियोगितामा आयोजकले क्बाटर फाइनलमा पाहुना टोली मोहोम्मदन स्पोटिङ क्लब कोलकोतालाई २ —१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । आयोजक माइभ्याली गोल्डकपको सेमीफाइनलमा पहिलो पटक प्रवेश गरेको हो । पाँच वटा संस्करणमा सेमीफाइनल सम्म पुग्न नसकेको आयोजक यस पटक उच्च मनोबलका साथ सेमीफाइनल खेल्ने तयारीमा छ । आर्मीले माइभ्याली गोल्डकपकोे पहिलो संस्करणको उपाधी उचाली सकेको छ । आर्मी फेरी उपाधी हात पार्न फाइनल प्रबेश गर्ने दाउमा छ ।
नेपालका ६ वटा र ४ विदेशी टीमको सहभागिता रहेको प्रतियोगिताकोे विजेताले नगद ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन । फाइनल खेल फागुन २४ गते हुनेछ ।