logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • माइभ्याली गोल्डकप : आयोजक फाइनलमा

    माइभ्याली गोल्डकप : आयोजक फाइनलमा

    सविता पाण्डे ,इलाम

    इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपमा आयोजक फाइनलनमा प्रबेश गरेको छ । बिहिबार इलामको ठुलो टुडिखेलमा भएको खेलमा त्रिभुवन आर्मीलार्ई सडन डेथमा हराउदै माईभ्याली क्लबले फाइनसम्मको यात्रा निश्चित गरेको छ । निर्धारीत समय र अतिरिक्त समय पनि खेल बराबरी भए पछि खेल सडन डेथमा गएको थियो ।
    खेलको ३३ औं मिनेटमा माइभ्यालीका करण राइले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१ अ‍ैं मिनेटमा आर्मीका सन्तोष तामाङले बराबरी गोल गरका थिए । खेलको अतिरिक्त समयमा आर्मीका बिकेक बस्नेतले दोहोरो पहेलो कार्ड खादै बाहिरिए पछि आर्मी १० खेलाडीमा सिमित भएको थियो ।

    आयोजक टिमका देव लिम्बु, एन्ड्रो थियर यिबाक, लिला क्षेत्रि,पासाङ शेर्पाले गोल गर्दा शरण बस्नेतको प्रहार आर्मीका गोल रक्षक बिबस चौधरलिे रोकेका थिए । बिशाल तामाङको प्रहार बाहिरिएको थियो । आर्मीको तर्फबाट दिपक गुरुङ, दिप लामा, राजु आलेको प्रहार गोल हुदा सन्तोष तामाङ,इशवरी बानिया र भरत चौधरीको प्रहार गोल हुन सकेन ।


    आजको खेलमा माइभ्यालिका गोल रक्षक देब लिम्बु म्यान अफ दि म्याच बने । उनले नगद १५ हजार प्राप्त गरे । खेलमा तालमेल नमिलेकोले पराजित हुनु परेको आर्मीका प्रशिक्षक ननि नयौपानेले बताए । ऐतिहासिक सफलताको लागि भाग्यले साथ दिएको आयोजक टिमका प्रशिक्षक दर्शनभक्तराजले बताए । माइभ्यालीले शनिबार लिग बिजेता मच्छिन्द्र सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।


    नेपालका ६ वटा र ४ विदेशी टीमको सहभागिता रहेको प्रतियोगिताकोे विजेताले नगद ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन । फाइनल खेल फागुन २४ गते हुनेछ ।



    निगरानी    
  • २०७६ फाल्गुन २२, बिहीबार १४:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP