इलामको करफोकमा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्न एन्फाले पचासहजार डलर उपलब्ध गराउने

इलामको करफोकमा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्न  एन्फाले पचासहजार डलर उपलब्ध गराउने

इलाम ,मंसीर २६
अखिल नेपाल फुटबल संघ (एन्फा)ले इलाममा फुटबल प्रशिक्षण केन्द्र निमार्ण गर्न पचासहजार डलर उपलब्ध गराउने भएको छ । सुर्योदय नगरपालिकाको करफोक खेलमैदानमा केन्द्र निमार्ण गर्न रकम उपलब्ध गराउने निर्णय भएको एन्फाका केन्द्रीय सदस्य तथा स्वास्थ्य समिति संयोजक निरोज खड्गीले बताउनु भएको छ । केन्द्र निमार्णको लागि डकुमेन्ट तयार भइरहेको चाडै सुर्योदय नगरपालिकाका जनप्रतिनिधी सँग बैठक बसी प्रकृया अघि बढाउने तयारी भएको खड्कीले बढाउनु भयो । यसअघि करफोक खेल मैदानलाई एन्फाले ग्रासरुट कार्यक्रम मार्फत १० लाख रुपैया विनियोजन गरेको थियो । करफोक मैदानलाई फुटबल प्रशिक्षण केन्द्र बनाउन सुर्योदय नगरपालिका र एन्फाबीच पाँचवर्ष भित्र निमार्ण सम्पन्न गर्न गत वर्ष नै सम्झौता भई प्रक्रिया अघि बढीरहेको जनाइएको छ ।
इलाम सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने एन्फाले निर्णय गरेको छ । जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना तथा निमार्ण गर्न प्रकृया पुरा गरेका धनुषा , कैलाली , गोरखा , बाके , मकवानपुर , बर्दिया , नुवाकोट , उदयपुर , सिन्धुपाल्चोक , झापा , र इलाममा स्थानीय सरकार सँग साँझेदारीमा निमार्ण गर्ने गरी निर्णय भएको खड्गीले बताउनु भयो ।
एन्फाले पुर्वाधार निमार्र्णलाई प्राथमिकता दिईरहेकोले फुटबल खेलको विकासको लागि प्रशिक्षण केन्द्र निमार्णले गति लिने खड्गीको भनाई छ ।