logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल : सेमीफाइनल समीकरण पुरा

    ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल : सेमीफाइनल समीकरण पुरा

    इलाम, चैत ६
    इलाममा जारी दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले दमक नगर भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार पहिलो खेलमा पुलिसले दमकलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पुलिस समूह बी को उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । पुलिसले दमकलाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा सहजै पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेता बनेको छ । ो । पहिलो खेलमा पुलिस एपिएफसँग ३–२ को सेटमा पराजित भएको थियो । दमक एपिएफसँग ३–१ ले हारेको थियो । भारतीय खेलाडी सम्मिलित दमक समूह ख बाट अंक विहिन हुँदै बाहिरिएको छ ।
    दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले शतप्रतिशत जित दर्ता गर्दै सेमिफाईनलको स्थानलाई पक्का बनाएको छ । आर्मीले डिफेण्डिङ्ग च्याम्पियन गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै सेमिफाईनलमा स्थान बनाएको हो । समूह ए मा आर्मी ७ अंक जोड्दै हेड टु हेडको आधारमा शिर्ष स्थानमा रहँदै समूह बिजेता बन्यो । आर्मीले गण्डकी प्रदेशलाई क्रमश २ सेटमा २५–१५, २५–१८ ले हरायो भने तेस्रो सेटमा गण्डकीले आर्मीलाई २५–२१ को जित निकालेर पुनरागमन जित हासिल गर्ने संकेत देखाएको थियो । तर चौथो सेटमा आर्मीले गण्डकीलाई २५–१९ को सेटमा हराएर सेमिफाईनलको यात्रा तय गरेको हो । सोही समूहबाट शुक्र्रबार अन्तिम खेलमा गौरादहले खेल्न नसक्ने जानकारी दिँदै वाक ओभर दिएको आयोजकले जानकारी दिएको छ । वाक ओभर भएपछि सेमिफाइनल समिकरण पनि पूरा भएको छ । वाकओभर भएपछि विमान ट्रेडर्स विर्तामोड समूह ‘ए’ को उप विजेता बन्न पुग्यो । विमानले ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रह्यो । ३ खेलमा नै विजयी भएको आर्मी र शीर्षस्थानमा रहेको छ । गण्डकी ३ अंकका साथ तेस्रो स्थानमा रहदै बाहिरिएको होे । समूह ‘बी’ मा एपिएफ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगृको छ । पुलिस दोस्रो स्थानमा रहँदै समूह ब िको उप विजेता बन्यो । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उप विजेता पुलिसबीच प्रतिस्पर्धा हुने छ । दोस्रो सेमिफाइनलमा समूह बी को विजेता एपिएफ र समूह ‘ए’ को उप विजेता बिमानबीच खेल हुने छ । इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगिताको सेमिफाइन शनिबार हुनेछ । जिल्ला भलिबल संघ इलामले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल चैत ८ गते हुनेछ । लिग कम नकआउटका आधारमा संचालित खेलमा ७ टोलीको सहभागीता रहेको छ । ।प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भनृ दोस्रो हुने टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन ।



    Avatar निगरानी    
  • २०७७ चैत्र ६, शुक्रबार १३:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP