logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • साखेजुङ गोल्डकप : आयोजक फुङवा क्लब सग पराजित

    साखेजुङ गोल्डकप : आयोजक फुङवा क्लब सग पराजित

    इलाम , चैत ६ । इलाम नगरपालिका वडा नं. १ स्थित नेपालटारमा शुक्रबारबाट साखेजुङ गोल्डकप सुुरुभएको छ । उद्घाटन खेलमा आयोजक साँखेजुङ्ग फुटबल क्लबलाई हराउँदै फुङवा युवा क्लब विजयी भएको छ । फुङवाले १–० गाेल अन्तरले आयाेजकलाई हराएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको अन्त्या फुङवा क्लबका दिपेश बर्देवाले निर्णायक गोल गरेका थिए ।खेलको म्यान अफ दी म्याच पनि उनै दिपेश बर्देवा घोषित भएका थिए ।साँखेजुङ्ग फुटबल क्लबले आयोजना रहेको प्रतियोगिताको उद्घाटन कृषि भूमी तथा सहकारी राज्य मन्त्री राम रानाले गर्नु भयो ।खेल उद्घाटन गर्दै राज्यमन्त्री रानाले आर्थिक विकाससँगै खेलकुदको विकास पनि सँगसँगै हुनुपर्ने बताउनु भयो ।

    प्रतियोगिताको शनिबारको खेल हेलिबोध फुटबल क्लब इलाम नगरपालिका–५ बिब्ल्याँटे र आरवाइसी देउमाई नगरपालिका बीच हुने आयोजकले जनाएको छ । आठ टीमक सहभागीता हुने प्रतियोगिताका विजेतालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता टीमलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।



    निगरानी संवाददाता    
  • २०७७ चैत्र ६, शुक्रबार १७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP