logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • इलाम आमन्त्रण खुला पुरुष भलिवल: आर्मी बन्यो च्याम्पियन

    इलाम आमन्त्रण खुला पुरुष भलिवल: आर्मी बन्यो च्याम्पियन

    इलाम ,चैत ८

    विभागीय टोली त्रिभुवन आर्मीे इलाम खुला पुरुष भलिवल प्रतियोगिताको च्याम्पियन बनेको छ । झापा विर्तामोडको विमान ट्रेडर्सलाई पराजित गर्दै दास्रोे संस्करणको प्रतियोगिताको उपाधि हात पारेको हो । आईतबार इलाममा भएको फाइनल खेलमा आर्मीले विमानलाई ३ —२ को सेटमा पराजित गरेको हो । आर्मीले विमानलाई १७–२५, २२–२५, २५–१४, २५–१८ र १५–१२ ले हराउदै उपाधि आफ्नो पोल्टामा पारेको हो । उपाधि विजेता आर्मीले वजेताले २ लाख १ हजार प्राप्त गरेको छ । प्रथम पुरस्कार समाजसेवी तथा कांग्रेस नेता डम्बर खड्काले प्रायोजन गरेको आयोजकले जनाएको छ ।उपबिजेता बनेको ट्रेडर्सले १ लाख १ हजारमा चित्त बुझाएको छ । ७ टिमको सहभागिता रहेको प्रतियोगिता जिल्ला भलिबल संघ इलामले आयोजना गरेको हो ।



    निगरानी संवाददाता    
  • २०७७ चैत्र ८, आईतवार १५:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP