रत्नकुमार वान्तवा स्मृति फुटसलको उपाधी जुविलेन्टलाई

रत्नकुमार वान्तवा स्मृति फुटसलको उपाधी जुविलेन्टलाई

इलाम चैत २७

प्रथम शहीद रत्नकुमार वान्तवा स्मृति अन्तर मा.वि. फुटसल–२०७७ को उपाधी जुविलेन्ट इलाइट एकेडेमीले जितेको छ ।

शहीद रत्नकुमार वान्तवाको स्मृति दिवस तथा जन्मजयन्तीको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इलाम नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको प्रतिस्पर्धात्मक उपाधी भिडन्तमा जुविल्याण्टले ग्रीनहिल बोर्डिङ्ग स्कूललाई ७–५ गोल अन्तरले पराजित गर्यो ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई संविधानसभाका अध्यक्ष, एमाले स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङ्ग, राष्ट्रियसभाका सांसद् अगमप्रसाद वान्तवा, इलाम नगरपालिका प्रमुख महेश बस्नेत लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको विजेता स्कूल र खेलाडिहरुलाइ ५० हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपविजेता स्कूल र खेलाडिहरुलाई २५ हजार रुपैंया, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

फुटसल प्रतियोगिताभरको उत्कृष्ट खेलाडि जुविलेन्ट्का साङ्गे शेर्पा घोषित भए उच्च गोलकर्ता जुबिलेन्ट्का नवीन कुलुङ्ग भए । उत्कृष्ट खेलाडि र उच्च गोलकर्तालाई जनही पाँच हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चैत्र २५ गतेदेखि शुरु भएको प्रतियोगितामा इलाम नगरपालिकाभित्रका ९ वटा विद्यालयका १२ वटा टिमहरुको सहभागिता रहेको अनेरास्ववियु इलाम नगर कमिटी अध्यक्ष प्रतिमा रिजालले बताउनुभयो ।