इलामका तीन खेल पत्रकार पुरस्कृत

इलामका तीन खेल पत्रकार पुरस्कृत

इलाम पुस ३० ।जिल्ला फूटबल संघ इलामले खेलकुद क्षेत्रमा कलम चलाउँने तीन पत्रकारलाई पुरस्कृत गरेको छ । संघले गणेश घिमिरे, नमिन ढकाल र बिनय तिम्सिनालाई जनही २१ सय रुपैंयाँका दरले पुरस्कृत गरेको हो ।इलाम सदरमुकाममा शुक्रबार सम्पन्न एन्फा जिल्ला लिगको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर सम्मान सहित पुरस्कार बितरण   गरेको हो । घिमिरे नेपालबाणी एफएमका समाचार प्रमुख र नेपाल समाचार पत्र दैनिकका संबाददाता हुन ।

पुरस्कृत तिम्सिना न्यूज टवान्टी फोरका इलाम संवाददाता तथा माइपोखरी न्युजका संचालक सम्पादक हुन ।पुरस्कृत ढकाल लोकल सदेश अनलाईनका सहसम्पादक तथा थाहा खबर अनलाइनका संवाददाता छन् ।

पुरस्कृत तीनै जनालाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, अखिल नेपाल फूटबल संघ (एन्फा) का केन्द्रिय सदस्य निरोज खड्गी र जिल्ला फूटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले नगद पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए ।