इलामले पहिलो पटक एनएसएल सुपर लिग खेल्दै , मुख्य प्रशिक्षक मेघराज के सी , मार्की खेलाडी तेज तामाङ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
इलामले पहिलो पटक एनएसएल सुपर लिग खेल्दै , मुख्य प्रशिक्षक मेघराज के सी , मार्की खेलाडी तेज तामाङ

काठमाडौ ।नेपाल सुपर लिग (एनएसएल) को नयाँ टिम स्पोर्टिङ इलाम डी मेचीले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पहिलो पटक एनएसएल खेल्न लागेको इलामले मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
यस्तै इलामले मार्की खेलाडीको रुपमा राष्ट्रिय टोलीका सदस्य तेज तामाङलाई अनुबन्ध गरेको छ । तेजले च्याम्पियन टोली काठमाडौं रेजर्सबाट खेलेका थिए ।एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।