इलामका निरोज खड्गीद्वारा एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

इलामका निरोज खड्गीद्वारा एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौ , जेठ ११। इलामका निरोज खड्गीले अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
खड्गीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिएका हुन ।
नेपाल यु–१५ टिमका म्यानेजर तथा युथ डेभ्लप्मेन्ट कमिटीका सहसंयोजक समेत रहेका खड्गीले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छ्न । खड्गी यसअघि २०७५ सालमा कर्माछिरिङ शेर्पा नेतृत्वको टिमबाट केन्द्रिय सदस्य बनेका थिए । एन्फामा अहिले ३ समुह चुनावमा प्रतिस्पर्धा गर्दैछ ।
एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पासंगै बरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ र फ्रेन्डस क्लबका पुर्व अध्यक्ष राजिव राज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी चार वर्षकाे लागी ६ असारमा हुने एन्फाको निर्वाचनका लागि खड्गीको नाम उपाध्यक्षको रुपमा चर्चामा थियो । एन्फा अध्यक्षका उम्मेदवार पंजकविक्रम नेम्बाङ प्रदेश १ कै भएको कारण खड्गीले दोश्रो कार्यकालका लागि केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बुझिएको छ ।पंकजविक्रम नेम्बाङ समुहबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको खड्गीले बताएका छन । खड्गी अखिल नेपाल फुटबल संघ इलामका पुर्व अध्यक्ष पनि हुन । फुटबल खेल क्षेत्रको विकासको लागि लामो समय देखि लागि रहेका खड्गी निवर्तमान केन्द्रिय सदस्य हुन ।