मुस्ताङ कपको उपाधी पशुपतिनगरलाई

मुस्ताङ कपको उपाधी पशुपतिनगरलाई

सूर्योदय : इलामको इलाको सूर्योदयमा जारी मुस्ताङ प्रथम सूर्योदय कप फुटवल प्रतियोगिताको उपाधी पशुपतिनगर ट्याक्सीले हात पारेको छ ।
सम्झना युवा क्लव भित्रीलाई ३–१ को अन्तरले हराउँदै इलामको सूर्योदय नगरपालिका २ को पशुपतिनगर ट्याक्सी टिमले उपाधी चुमेको हो । उपविजेता सम्झना युवा क्लवले एक लाख रुपया हात पारेको आयोजक न्यू भिजन युवा क्लवका सदस्य विनोद अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा इलाम, झापा र भारतका २६ टिम सहभागि थिए । सूर्योदय नगरपालिका ११ तीनघरेको खेल मैदानमा भएको प्रतियोगिता चैत्र २४ देखि शुरु भएको थियो ।