डम्बर कुमार निरौला ,माईजोगमाई : माईजोगमाई गाउँपालिका अध्यक्ष कपको आजको प्रतियोगितामा फाकफोकथुम गाउँपालिका विजयी भएको छ । माई नगरपालिकाको तर्फबाट पहिलो हाफको ३१ मिनेटमा जर्सी नम्बर ३३ का बिशाल खवासले १ गोल गरेर खेललाई अगाडि बढाएका थिए । खेलको दोस्रो हाफको २१ मिनेटमा फाकफोकथुमका जर्सी नम्बर ११ का सन्दीप लिम्बुले १ गोल गरी खेललाई बराबरीमा पुर्याएका थिए खेलमा दुबै टीमबाट खेल अवधीभरमा बराबरी गोल भएपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईब्रेकरमा फकफोकथुम गाउँपालिकाले २ –१ गोल गरी सेमी फाईनल प्रवेश गरेको छ । आगमी १६ गते माईजोगमाई गाउँपालिका सगँ प्रतिस्पर्धा गर्ने छ । शुक्रबार देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिका बिचमा खेल हुनेछ ।
प्रतियोगिताको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेताले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाईनल खेल बैशाख १९ गते माईजोगमाई गाउँपालिका नयाँबजारको बालागुरु खेलमैदानमा हुने छ ।
प्रतिक्रिया