माईजोगमाई , बैशाख १७ : ईलाम नगरपालिका माईजोगमाई अध्यक्ष कपको फाईनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा इलाम नगरपालिकाका खेलाडी बिनोद धमलाले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले दोस्रो हाफको १३ मिनेटमा गरेको गोलले इलाम नगरपालिकाको फाइनल यात्रा तय भएको हो ।
आजको खेलको म्यान अफ द म्याच माङसेबुङका मालिडना लिम्बू घोषित भए ।आगामी १९ गते हुने फाईनल खेलमा ईलाम नगरपालिकाले फाकफोकथुम गाउपालिका सग प्रतिस्पर्धा गर्नेछ ।
बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतिक्रिया