इलाम : १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचान गर्दा व्यवस्थापन पक्षमा उत्कृष्ट भई इलाम जिल्ला पुरस्कृत भएको छ । प्रदेश खेलकुद विकास बोर्डले एक कार्यक्रमको अवसरमा जिल्ला खेलकुद विकास समिति इलामलाई १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन र व्यवस्थापन उत्कृष्ट घोषित गर्दै सम्मान प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बासतोलाले बताउनु भयो । कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र राईले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलालाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
समितिले गत फागुणमा इलामको फाकफोकथुम गाउँपालिकामा १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको थियो । विगतका वर्षहरुमा सदरमुकाममा मात्र संचालन हुदै आएको प्रतियोगिता १३ औ संस्करण जिल्लाको विकट पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिकाका गरिएको थियो । प्रतियोगिता संचालन गर्न पालिकाले खेलाडी तथा अफिसिय र अन्य आगन्तुकहरुका लागि स्थानीय होटल र घरहरुमा होम गेस्टको रुपमा राख्न व्यवस्था गरेको थियो । १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रदेशकै उत्कृष्ट व्यवस्थापन भई सम्मानित भएकोमा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बधाई दिदै फाकफोकथुममा संचालन गरेकोमा धन्याबाद दिनु भएको छ । इलामले ग्रामिण क्षेत्रमा खेल पुर्वाधार , विकासका पुर्वाधारको अभावमा समेत उत्कृष्ट व्यवस्थापन सहित प्रतियोगिता सम्पन्न गरेको थियो ।
प्रतिक्रिया