इलाम नगरपालिका १ साखेजुङ स्थित गैरीबास खेलमैदानलाई क्रिकेट रंगशालाका रूपमा स्तरोन्नति गर्न पहल थालिएको छ । हाल बन्द अवस्थामा रहेको सिद्धार्थ आधारभूत विद्यालय रहेको स्थानमा मैदान स्तरोन्नति गर्न लागिएको इलाम नगरपालिका १ का वडा अध्यक्ष गायत्री राम बस्नेतले बताउनु भयो । भेलाले वडा सदस्य मोहन गुरुङको संयोजकत्वमा समन्वय समितिसमेत गठन भएको छ भने गिरीबहादुर राईको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको जनाएको छ । साखेजुङको इतिहास बोकेको यस गैरीबास खेलमैदानको स्तरोन्नतिको काम तत्काल अघि बढाउन स्थानीय गिरीबहादुर राईले एक ,स्थानीय ग्रिनहिल बोर्डिङ र हिमालयन चर्चले एक लाख रुपैया सहयोग उपलब्ध गराउने वडा अध्यक्ष बस्नेतले बताउनु भयो । यसैगरी गोविन्दप्रसाद दाहालले २५ हजार, वडाध्यक्ष बस्नेतले २५ हजार र टेकेन्द्र बस्नेतले २५ हजार नगद सहयोग गरेका छन् । वडाको भइपरी कोषबाट ५० हजार खर्च गरिने भएको छ । आजको भेलामा सहयोग रकम घोषणा गरिएको हो । मैदान स्तरोन्नतिका लागि २५ हजार रुपैयाँभन्दा बढी दान गर्नेको नाम ताम्रपत्रमा उल्लेख गर्ने र त्यसभन्दा कम दान गर्नेको नाम शिलालेखमा राखिने जनाइएको छ । अझै रकम जुटाउन सहयोगको लागि सरोकारवाला संग अनुरोध गरिएको छ ।
प्रतिक्रिया