सडन डेथमा आयोजकलाई पाखा लगाउदै  एनआरटी इलाम गोल्डकपको फाइनलमा 

सडन डेथमा आयोजकलाई पाखा लगाउदै  एनआरटी इलाम गोल्डकपको फाइनलमा 

इलाम माघ १० :न्युरोड टीम एनआरटी इलाममा जारी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सड्न डेथमा आयोजकलाई पाखा लगाउदै एनाआरटी फाइनल प्रवेश गरेको छ । सडन डेथमा आयोजक रेडहर्ष फुटबल क्लबलाई ४-३ ले पराजित गर्दै एनआरटीले फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा १-१ को बराबरी भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा खेल बराबरी भएपछि सडन डेथमा एनाआरटी भाग्यमानी बन्यो ।
इलामको लागि  खेलको ३१ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । एनआरटीको तर्फबाट खेलको ८८ औ मिनेटमा ग्लोरीले १ गोल गरि खेल बराबरीमा पुराए ।
आजको म्यान अफ द म्याच एनआरटीका प्रिसु बने । उनलेे नगद ५ हजार प्राप्त गरे । भोलि हुने दोस्रो सेमिफाइनलमा पाँचथर युवा क्लब र झापा युनाइटेड भिड्नेछन् ।
विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ ।  सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १३ गते  हुनेछ ।