logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • प्रथम इलाम गोल्डकपको उपाधि एनआरटीले चुम्यो

    प्रथम इलाम गोल्डकपको उपाधि एनआरटीले चुम्यो

    इलाम , माघ १३: इलाममा जारी प्रथम इलाम गोल्डकपको उपाधि न्युरोड टीम एमआरटीले चुमेको छ । इलामको ठुलो टुडिखेलमा संचालित प्रतियोगिताकोको शनिबार सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै उपाधी पाएको हो । निर्धारित समयमा दुवै टीमबाट गोल हुन सकेन । खेलको निर्णय टाइब्रेकर बाट भएको हो । एनआरटीले गोल्डकप संगै नगद पाँच लाख प्राप्त गरेको छ भने झापाले नगद ३ लाख रुपैयामा चित्त बुझायो । आजको खेलमा म्यान अफ द म्याच बिर्तामोड युनाइटेडका हिसुब थपलिया बने । उनलेे नगद ५ हजार प्राप्त गरे ।
    रेड हर्ष क्लबको आयोजनामा संचालित प्रतियोगितामा सर्वाधिक गोलकर्ता आयोजकका नवयुग श्रेष्ठ बने । उनले ४ गोल गरेका थिए । उत्कृष्ट किपर एनआरटी का प्रिसु बने भने
    उत्कृष्ट मिडफिल्डर झापाका योगेश गुरुङ बने ।उत्कृष्ट डिफेन्डर झापाका सन्जित राई बने , उदयमान खेलाडी आयोजक रेडहर्षका विवेक मगर बने । उत्कृष्ट फरवार्ड एनआरटीका राजिव लोप्चन बने । सर्वउत्कृष्ट खेलाडी झापाका राेहन कार्की बने। यसैगरि उत्कृष्ट कोच एनाआरटीका हरि ओम श्रेष्ठ बने । बिधागत तर्फ जनही १० /१० हजार नगद र ट्रफी प्राप्त गरेका छन ।



    निगरानी संवाददाता    
  • २०८० माघ १४, आईतवार ०८:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP