देउमाइ : प्रथम ‘देउमाई कप’ शनिबार देखी सुरु हुँदैछ । देउमाई स्पोटिङ क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा देउमाई नगरपालिका र माई नगरपालिका भिड्दै छ्न ।
देउमाई नगरपालिकाको मंगलबारे स्थित भानुभक्त माविको छात्रावास खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष मणिकुमार तामाङले जानकारी दिनुु भयो ।
इलामका १० वटा पालिकाका र पाँचथरको एक फाल्गुनन्द गाउँपालिका गरी ११ वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा बिजेताले नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समिति सदस्य तथा प्रचार समिति संयोजक मौसम खनालले बताउनु भयो ।
उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी लगायतलाई समेत पुरस्कार वितरण गरिने छ ।
‘युवाहरूको एकता र ऐकवद्धता, खेलकुदमा सहकार्य र सहभागिता’ भन्ने मूल नारा सहित प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताले स्थानीय क्षेत्रमा नै खेलाडी उत्पादन, तथा खेल क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ । खेल पर्यटनको प्रवर्द्धन तथा खेलाडीहरूलाई ब्यवसायिकतामा जोड दिएर प्रतियोगिता गर्न लागिएको आयोजकको भनाई छ ।
प्रतियोगिताको फाइनल माघ २७ गते हुनेछ ।
प्रतिक्रिया