इलाम, फागुन ५ : भारतको मानेभन्ज्याङ फुटबल क्लब र दीपेन्द्र शिखर फुटबल क्लब इलाम इलाममा जारी प्रथम ओएसिस महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेका छन् ।
शनिवार सम्पन्न सेमी फाइनलमा मानेभन्ज्याङले नवबुद्ध फुटबल क्लब सप्तरीलाई पाखा लगाउँदै सेमी फाइनलको यात्रा तय गरेको हो ।
जितका लागि मानेभन्ज्याङका तर्फबाट खेल सुरु भएको तेस्रो मिनेटमा सिम्रन गुरुङले गरेको गोल नै फाइनल प्रवेशका लागि पर्याप्त बन्यो । खेलको उमन अफ दि म्याच गोल गर्ने खेलाडी सम्रन गुरुङ घोषित हुँदै नगद र ट्रफी प्राप्त गरिन् ।
बिजेता टिमलाई नगद दुई लाख र उपबिजेता हुने टिमलाई नगद एक लाख प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल फागुन ७ गते हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ वटा टिमको सहभागिता रहेको छ ।
प्रतिक्रिया