मानेभञ्ज्याङ  प्रथम ओएसिस महिला गोल्डकपको च्याम्पियन

मानेभञ्ज्याङ  प्रथम ओएसिस महिला गोल्डकपको च्याम्पियन


इलाम फागुन ७ : भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीले इलाममा सम्पन्न ‘प्रथम ओएसिस महिला गोल्डकपको उपाधि जितेको छ ।
इलाम स्थित ठुलो टुडिखेलमा आज  भएको फाइनल खेलमा  इलाम रोङ गाउँपालिकाको दीपेन्द्रशिखर एफसीलाई ३-० गोलान्तरले पराजित गर्दै  मानेभञ्ज्याङले उपाधी चुम्यो ।
मानेभञ्ज्याङको जीतका लागि सिम्रन गुरुङले  २ र सुस्मिता लेप्चाले १ गोल गरिन ।
विजेता  मानेभञ्ज्याङले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको  छ । उपविजेता दीपेन्द्रशिखरले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।
मेयर केदार थापाले पुरस्कार प्रदान गर्नु भयो ।
क्लब ओएअसिसले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियोे ।