logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • इलाम गोल्डकप : आज डिफेन्डिङ च्याम्पियन एनआरटी र दार्जिलिङ भिड्दै

    इलाम गोल्डकप : आज डिफेन्डिङ च्याम्पियन एनआरटी र दार्जिलिङ भिड्दै


    सविता पाण्डे इलाम , मङ्सिर २३ : इलाममा जारी दोस्रो इलाम गोल्ड कपमा आज डिफेन्डिङ च्याम्पियन न्युरोड टीम एनआरटी काठमाण्डौ र जिटिए ११ दार्जिलिङ बीच प्रतिस्पर्धा हुदैछ । इलाम सदरमुकाम स्थित ठुलो टुँडिखेलमा शनिबार देखि सुरु भएको प्रतियोगिता आठ टिम सहभागी छन । हिजोको खेलमा आयोजक रेडहर्षले संकटालाई टाइबेकरमा ४- ३ गोल अन्तरले पराजित गरि सेमिफाइनल प्रवेश गरेको छ । आगामी मंसिर २९ सम्म सञ्चालन हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्युुरोड टिम, सङ्कटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्ष सहभागी छ्न । प्रतियोगिताको विजेताले नगद १० लाख  र उपविजेताले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।



    निगरानी संवाददाता    
  • २०८१ मंसिर २३, आईतवार ०७:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP