इलाम मङ्सिर २५ :इलाम गाेल्डकपमा आज मच्छिन्द्र क्लब माथि रेड स्टार झापाले २-१ गाेल अन्तरकाे जित निकालदै सेमिफाइनल प्रवेश गरेको हो । आजको प्रतियोगिता संगै सेमिफाइनल समिकरण पूरा भएकाे छ ।खेलकाे सुरूवाती अग्रता झापाले लिएकाे थियाे ।३५ ओै मिनेटमा आदित्य शाक्यले झापालाई अग्रता दिलाए । ७० ओै मिनेटमा मच्छिन्द्रका देवेन्द्र तामाङले बराबरी गाेल गरे । ८६ ओै मिनेटमा निरज कार्कीले गाेल गर्दै झापाकाे जित निश्चित गरेका हुन ।
खेलकाे म्यान अफ दि म्याच झापाका आदित्य शाक्य घाेषित भए । उनले नगद ८ हजार १ सय प्राप्त गरे । भाेली पहिलाे सेमिफाइनलमा घरेलु टिम रेड हर्ष र चर्च ब्वाइज भिड्दै छन् ।रेडहर्सले संकटा एफसी र चर्चले त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनल पुगेका हुन् ।
प्रतिक्रिया