सविता पाण्डे , इलाम फागुन २२ :इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा एपीएफ फुटबल क्लब काठमाडौ फाइनल प्रवेश गरेको छ । बिहीबार इलामको ठुलो टुडिखेलमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १ -० गोलले पराजित गर्दै एपीएफ उपाधी होडमा पुगेको हो ।
एपीएफको तर्फबाट खेलको ३४ औ मिनेटमा रश्मि कुमारी घिसिङले पहिलो गोल गरिन । उनको १ गोल नै निर्णायक बन्न पुग्यो । नेपाली राष्ट्रिय टिमका खेलाडीले भरिएको आजको खेल निकै प्रतिस्पर्धात्मक रहयो ।
आजको ‘प्लेयर अफ द म्याच ‘ एपीएफका अनिता बस्नेत बनिन , उनले नगद ५ हजार सहित ट्रफी मेड्ल प्राप्त गरिन ।
एपीएफले उपाधीका लागि त्रिभुवन आर्मी फुटबल क्लब सङ फाइनल खेल्नेछ। नेपाल र भारतका गरी आठ टीम सहभागी प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब , साथै पदमा स्पोटिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओएसिस सहभागी थिए भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र मदरटेरेसा फुटबल क्लब सहभागी भए ।
प्रतियोगिताको विजेताले नगद ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।फाइनल खेल आगामी शनिबार हुनेछ ।
प्रतिक्रिया