भत्कीदै सोलार बत्ती

भत्कीदै सोलार बत्ती

इलाम मेची राजमार्गको विभिन्न सडक छेउमा राखिएको सोलार ट्राफिक बक्ति सडकमा राखेको केहि महिनामै भत्किएको छ । सडकमा राखिएको बक्ति कतिपय ठाउमा फुटाइएको छ भने कतिपय ठाउको खम्बा नै हराएका छन् ।
इलाम र झापाको सिमा क्षेत्र मेची राजमार्गको चिहाने डाँडा देखि राँके सम्म राख्ने लक्ष सहित सोलार डेनिएटर पोष्ट राख्ने काम अन्तिम चरणमा पुग्दा शुरुमा राखिएका पोष्टहरु धमाधम भत्कीने र हराउने क्रम बढेको छ ।
सुर्योदय नगरपालिकामा अटो चलाउने रविन आचार्यका अनुसार फिक्कल करफोक खण्डमा मात्रै पचास भन्दा बढि बक्ति विग्रीएका छन् । उनले भने ‘पोलको बत्ति नै चोरीएको छ, कतिपय ठाउमा खम्बानै उखेलीएको छ ।
मेची राजमागर्मा तीन हजार सोलार डेनिएटर पोष्ट सहितको काम गर्न जन्मेजय निर्माण सेवाले ठेक्का लिएको थियो । निर्माण कम्पनीले पुस सम्ममा काम सम्पन्न गर्ने सम्झौता भएको डिभिजन सडक कार्यालय इलामका इञ्जीनियर मिलन श्रेष्ठले जानकारी दिए । पोष्टहरु गाड्दा सिमेन्टको प्रयोग काम भएको लगायतका गुनासो आएपछि निर्माण कम्पनीलाई सचेत गराएको इञ्जीनियर श्रेष्ठले जानकारी दिए ।
शुरुमा पोष्ट राखिएको क्षेत्रका पोष्टहरु धमाधम हराउने वा चोरीने क्रम बढेपछि प्रहरीलाई जानकारी गराएको श्रेष्ठले बताए । उनले सडक डिभिजन कार्यालयका सडक सुपरभाईजरहरुलाई पोष्टको अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको बताए । सडकको एक जना सुपर भाइजरले १५ किलो मिटर सडकको नियमीत अनुगमन गर्ने गर्दछन् । श्रेष्ठले विग्रीएका सबै पोष्टको विवरण आइनसकको बताए । सडक छेउमा राखिएको बत्ति रातमा आफै बल्ने गर्दछ । पिकअप चालक तारा ढकालले भने ‘रातमा गाडी चलाउन यसले निक्कै सहयोग गरेको छ ।’