पुर्णेडाँडाबाट सत्र मिनेटमा पाथीभरा

पुर्णेडाँडाबाट सत्र मिनेटमा पाथीभरा


इलाम सिम्रिक एयरले भ्रमण बर्ष २०२० लाई सहयोग पु¥याउँदै पुर्वका पर्यटकीय स्थलको प्रवर्दन गर्ने उदेश्यले पुर्वका तीन स्थानबाट पाथीभरा सम्मको हेलीकप्टर यात्रा गराउने भएको छ ।
सिम्रिकले इलामको खलंगा रहेको सुर्योदय नगरपालिका वाड न ११ को पुर्णेडाँडा, धनकुटाको भेडेटार र ताप्लेजुङको सुकेटारबाट पुसमै ताप्लेजुङको पाथीभरा मन्दीरको दर्शन गराउने सिम्रिकका चिफ एक्ज्युकेटीभ अफिसर योगेश सापकोटाले जानकारी दिए ।
पुर्णेडाँडाबाट १७ मिनेटमा पाथीभरा पुग्ने दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने सिम्रिकका इलाम प्रतिनिधि प्रेमप्रसाद आचार्यले जानकारी दिए ।
पर्यटन बर्षमा आन्ततरिक पर्यटन प्रवर्दन गर्नका लागि पुर्वका स्थानहरुमा नयाँ प्रोडक्ट थप गरेको सापकोटाले जानकारी दिए । ‘यसले पुर्वाञ्चलको नयाँ गन्तव्यहरुमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरेका छौ ।’ सापकोटाले भने । सिम्रिकले इलामबाट २८ हजार ९९९ रुपयाँमा पाथीभराको दर्शन गराउने छ । त्यसैगरी भेडेटारबाट २९ हजार ९९९ रुपयाँमा र सुकेटारबाट ६ हजार ९९९मा भ्रमण गराउने सापकोटाले जानकारी दिए ।
इलाम प्रतिनिधि आचार्यले ‘गाडीमा यात्रा गर्न सहज नहुने दर्शनार्थीका लागी यो अवसर नै हो ।’ सिम्रीकले गत बर्ष भेडेटार–पाथीभरा सेवा प्रदान गरेका थियो । यस बर्ष पहिलो चरणमा भेडेटारबाट र त्यसपछि इलामको पुर्णेडाँडाबाट उडान सञ्चालन गर्ने सापकोटाले जानकारी दिए । इलामबाट भारतको दार्जीलिङ, सिक्कीम, सिलिगुडी सहितका दर्शनार्थीलाई पाथीभरा दर्शका लागि सहज हुने सापकोटाको भनाई छ । इलाममा बुकिङ शुरु गरेको प्रतिनिधि आचार्यले जानकारी दिए ।