मुक्तिनाथले इलाम सहित अठार ठाउँमा शाखा थप्यो

मुक्तिनाथले इलाम सहित अठार ठाउँमा शाखा थप्यो

इलाम / मुक्तिनाथ विकास बैंकले शनिबार इलाम सहित १८ शाखाको उद्घाटन गरेको छ । बैंकले इलाम बजारमा १३२ औ शाखा स्थापना गरेको छ । बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेशको अवसरमा एकैपटक १८ वटा शाखाको उद्घाटन गरेको हो ।
बैकले काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, धनकुटाको धनकुटा, सुनसरीको दुहवी साहा शुचारु गरेको जनाएको छ ।
इलाम शाखाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले गरेका थिए । उनले बैंकले ग्रामीण कृषकलाई समेट्नु पर्ने बताए ।
उद्योग बाडिज्य संघ इलामका अध्यक्ष ईश्वर चिपालुले ग्राहकलाई छिटो र सरल रूपमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन सुझाव दिए । कार्यक्रममा इलाम शाखाका प्रमुख सुबास भट्टराईले शाखाले नागरिकको भावना अनुसार सेवा प्रदान गर्ने बताए ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आएको उनले बताए ।