एक साता बजार बन्द गराउन इलाम उद्योग बाणिज्यको माग

एक साता बजार बन्द गराउन इलाम उद्योग बाणिज्यको माग

इलाम साउन १८

इलाम उद्योग वाणिज्य संघले इलाममा एक साता बजार बन्द गराउन माग गरेको छ ।इलाममा पछिल्लो समय कोरोना संक्रमितको चहलपहल र भिडभाड बढेसंगै एक साता बजार बन्द गर्न प्रशासनलाई अनुरोध पत्र लेखेको छ । संघले कोरोना परिक्षणको दायरा बढाउन पत्रमा माग गरेको छ ।

संघले ब्यवसायी समेत त्रसित रहेको अवस्थामा परिक्षणको दायरा बढाउन माग गरेको हो । बजार बन्द नगराए संघको अगुवाइमा पुर्ण रूपमा ब्यापार ब्यवसाय बन्द गराउने जनाएको छ ।