सानिमा लाईफ इन्स्योरेन्सको अभिकर्ता भेटघाट कार्यक्रम इलाममा सम्पन्न

सानिमा लाईफ इन्स्योरेन्सको अभिकर्ता भेटघाट कार्यक्रम इलाममा सम्पन्न

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश १ का विभिन्न जिल्लामा अभिकर्ता भेटघाट र पुर्नताजकी कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश १ को उत्कृष्ट शाखा बनेको इलाम शाखाले विहिबार इलाममा एक कार्यक्रममको आयोजना गरी अभिकर्ताहरुलाई सम्मान गरेको छ । अभिकर्तालाई उत्पे्ररित गर्न र उत्कृष्ट काम गर्नेलाई सम्मान गर्ने उदेश्य ले कार्यक्रम आयोजना गरिएको सानिमा लाईफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रबन्धक दिपकराज ओलीले बताउनु भयो । कार्यक्रममा कम्पनीमा आबद्ध भई विभिन्न विधामा सफल भएकाहरुलाई सम्मान पत्र सहित सम्मान र पुरस्कृत गरिएको हो । एजेन्सी म्यानेजर बन्न सफल , सेल्फ कोडमा उत्कृष्ट व्यपार गर्न सफललाई सम्मानलाई सम्मान पत्र , लेदर व्याग लक्ष्य पुरा गर्न सफललाई व्याग हस्तान्तरण , सवारी साधन प्राप्त गर्न सफल लाई र साचो हस्तान्तरण गरिएको छ । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तराष्ट्रिय संस्था मार्फत प्रदान गरिने एमआरडी प्राप्त गर्न सफल योगमाया न्यौपाने र भोगेन्द्र घिमिरेलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । कार्यक्रम सानिमा लाईफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रबन्धक दिपकराज ओलीको अध्यक्षता र कम्पनीका नायक महाप्रबन्धक चुडामणि चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


कार्यक्रममको औचित्यबारे क्षेत्रीय प्रबन्धक जितेन्द्र क्षेत्री सुवेदीले जानकारी गराउनु भएको थियो । प्रदेश १ को विराटनगर , इनरुवा , धरान , इटहरी , दमक , विर्तामोडमा यसअघि कार्यक्रम सम्पन्न गरी इलाममा समापन गरिएको सुवेदीले बताउनु भयो । कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर हेमन्त राज घिमिरेले एजेन्सीहरुको चुनौती र अवसरहरुबारे आफ्नो अनुभव सुनाउनु भएको थियो । अभिकर्ता मोटिभेसन र स्किम लगायत कम्पनीको बारेमा मुख्य प्रबन्धक गुणराज श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । कार्र्यक्रममा कम्पनीका नायक महाप्रबन्धक तथा मोटिभेसनल स्पिकर चुडामणि चापागाईले कम्पनीको बारेमा र बीमाको बारेमा जानकारी गराउदै अभिकर्ताहरुलाई कसरी सकृय भएर काम गर्न भन्ने बारे सहजीकरण गर्नु भएको थियो । इलाम सदरमुकाममा सम्पन्न कार्यक्रमा सय बढीको सहभागीता रहेको थियो ।