किसानलाई मकैको बीउ बितरण गर्दै वडा कार्यलय

किसानलाई मकैको बीउ बितरण गर्दै वडा कार्यलय

इलाम नगरपालिकाका विभिन्न वडामा मकैको बीउ बितरण गरिएको छ । वडा ८ ले किसानहरुलाई मकैको बीउ वितरण गरेको वडा अध्यक्ष होम बहादुर बस्नेतले बताउनु भयो । वडाले सोमबारदेखि किसानहरुलाई उन्नत जातको मकै बीउ वितरण गरेको जनाइएको छ । यस्तै वडा ४ ले पनि किसानहरुलाई एक कार्यक्रमका बीच मकैको बीउ बितरण गरेको वडाध्यक्ष नूतनदेव दुलालले बताउनु भयो । वडाका पाँच सय पचास किसानहरुलाई मकैको बीउ वितरण गरिएको वडा कार्यलयले जानकारी दिएको छ ।