निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा कटुवाल निर्वाचित

निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा कटुवाल निर्वाचित


इलाम , मंसीर २१ ।

निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा सन्तोष कुमार कटुवाल निर्वाचित हुनु भएको छ । निर्माण ब्यवसायी संघ इलामको ९ औं जिल्ला अधिबेशनबाट कटुवाल निर्वाचित भएको हो । सोमबार साँझ प्राप्त मतपरिणाम अनुसार कटुवालले ९९ मत प्राप्त गर्नु भएको थियो । कटुवालको निकटत प्रतिस्पर्धी डिल्लीराम खनाल ९० मत प्राप्त गरी पराजित हुनु भयो ।
उपाध्यक्षमा निरोज राउत,सचिवमा वीरेन्द्र कार्की,सह सचिवमा दिनेश खड्का र कोषाध्यक्षमा सन्तोष भक्तराज निर्विरोध चयन भएका छन । सदस्यमा एकजना महिला सहित ६ जना सदस्यमा विजयी भएका छन । मन्जु कार्की ,नविन कुमार तामाङ, प्रकाश मान कडेरिया,सिजन देवान,सुरज अधिकारी र सूर्य कार्र्की सदस्यमा निर्वाचित भएका छन । संघमा २ सय २० जना ब्यवसायी आवद्ध रहेका छन ।