ट्रेड युनियनले सूर्योदयका श्रमिकको अवस्था अध्यान गर्ने

ट्रेड युनियनले सूर्योदयका श्रमिकको अवस्था अध्यान गर्ने


सूर्योदय । नेपाल ट्रेड युनियन कंग्रेसको सूर्योदय नगर समितिले सूर्योदय नगरपालिका भित्र कार्यरत श्रमिकको अवस्था अध्यायन गर्ने भएको छ । समितिको शनिबार सम्पन्न बैठकले नगरमा कार्यरत श्रमिकको अवस्था अध्यान गर्ने निर्णय गरेको हो ।
६० भन्दा बढि चिया कारखाना, चिया वगान, होटल–रेष्टुरेन्ट, सवारी साधन, कृषि लगायतका क्षेत्रमा कार्यरत श्रमिकको समस्या अध्यान गरेर पैरविका लागि काम शुर गर्ने निर्णय गरेको समितिका सचिव नेत्र पौड्यालले जानकारी दिए । बैठकले नेपाल महिला संघ नगरकार्यसमितिको सहकार्यमा श्रमिक महिलाका सवाल विषयक कार्यक्रमको आयोजना गरेर श्रमिक महिलाका समस्या समाधानका लागि पैरवी शुरु गर्ने निर्णय गरेको छ ।
बैठकले कोभिडका कारण समस्यामा परेका श्रमिकका लागि विशेष रातह प्याकेज ल्याउन सरकारसंग माग गर्ने निर्णय गरेको छ । बैठकले सूर्योदयको १४ वटा वडामा श्रमिक सम्मेलन आयोजना गर्ने समेत निर्णय गरेको सचिव पौड्यालले बताए ।
बैठकले सूर्योदय नगरपालिकाले हाल सम्म कृषकर कृषि श्रमिकको पक्षमा दिर्घकालिन कामको शुरुवात गर्न नसकेको निष्कर्ष निकाल्दै कृषक र कृषि श्रमिकको हितमा कृष ऐन र कृषि नीति निर्माण गर्न माग गरेको छ ।
बैठकले सूर्योदय नगरपालिका वाड न ४ र ५ मा युनियनको गतिविधि प्रभावकारी बनाउन उर्गेन बम्जन र मणि कुमार घिमिरेलाई संयोजक तोकेको छ । बैंठकले स्थानीय वुद्धवाणी एफएम मार्फत श्रमिक सवाल नामक पाक्षिक रेडियो कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।
फिककलमा सम्पन्न बैठक समितिका अध्यक्ष तोयानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा नेपाल शिक्षक संघ सूर्योदयका अध्यक्ष उद्धव पौड्यालले सूर्योदय नगरपालिकामा शिक्षाको अवस्था विषयमा जानकारी गराएका थिए । बैंठकमा कृषि श्रमिक संघ सूर्योदय नगरपालिकाका अध्यक्ष नकुल (गणेश) खड्काले कृषि श्रमिको अवस्थाका बारेमा प्रकाश पारेका थिए । बैठकमा नेपाल ट्रेड युनियन कंग्रेसका वडा कार्यसमितिका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । बैठकमा बुद्धिजिवी गंगा महतले स्थानीय सरकारका नीतिगत कमजोरीहरु सुधार्न पेशागत संगठनहरुले पैरवी गर्नुपर्ने बताए । युनियनका उपाध्यक्ष राजन प्रधानले श्रमिकहरु कोभिड १९ को कारण लामो समय देखि समस्यामा भएपनि स्थानीय सरकारले आस्थाको आधारमा विभेद गरेको बताए । उनले अध्यानको निष्कर्ष आएपछि श्रमिकको पक्षमा रणनीति निर्माण गरेर समस्या समाधानका लागि काम शुरु गर्ने बताए । नेटेयुको वाड न ३ का अध्यक्ष मित्रलाल सापकोटाले श्रम ऐनको प्रभावकारी कार्यान्वायन नहुँदा श्रमिकहरु समस्यामा परेको बताए ।