इलाम नगरपालिका ६ वडाबासीलार्ई विरुवा वितरण

इलाम नगरपालिका  ६ वडाबासीलार्ई विरुवा वितरण

इलाम : इलाम नगरपालिका ६ नम्बर वडा कार्यालयले वडाबासीलाई विरुवा वितरण गरेको छ । सोमबार वडा अध्यक्ष दुर्गा श्रेष्ठको अध्यक्षतामा भएको विरुवा वितरण कार्यक्रममा वडाबासीलाई २५ जातका फलफुल र वनस्पतिका बिरुवा निःशुल्क वितरण गरिएको छ । वडाले आयोजना गरेको विरुवा वितरण कार्यक्रमलाई डिभिजन वन कार्यालय,सव डिभिजन वन कार्यालय इलाम नगरपालिका र वनस्पति अनुसन्धान केन्द्रले सहयोग गरेको जनाइएको छ ।

वडा स्तरीय आर्थिक विकास कार्यक्रम अन्र्तगत आज २५ सय बिरुवा बितरण गरिएको वडा सचिव खड्ग बस्नेतले बताउनु भयो । कार्यक्रममा वडा सदस्यहरु, इलाम नगरपालिका कृषि शाखाका कर्मचारी र स्थानिय सरोकारवाला तथा कृषकहरुका उपस्थिति रहेको थियो ।