महिला उद्यमी संघ ईलामको चौथो साधारण सभा सम्पन्न

महिला उद्यमी संघ ईलामको चौथो साधारण सभा सम्पन्न


इलाम , भाद्र २५ ।

महिला उद्यमी संघ ईलाम को चौथो साधारण सभा शनिबार इलाममा सम्पन्न भएको छ ।इलाम नगरपालिकाको उप प्रमुख विष्णु दहाल लिम्बुको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा इलाको उद्यमी देबि श्रेष्ठलाई संम्मान गरिएको थियो ।
संघकी अध्यक्ष सुसिला सापकोटाले संघले संचालन गरकोका कार्य , उपलब्धि र भावी योजना प्रस्तुत गर्नु भएको थियो । कोभिड महामारीले थला परेका उद्यमीहरुलाई आर्थिक मन्दीले पिरोलिररहेको बताउनु भयो । उद्यमीलाई साथ सहयोग गरी सिर्जशील बनाइ राख्न सरकारको पनि दायित्व भएको भन्दै आफ्ना एजेण्डा भन्दापनि उद्यमीको आवश्यकतामा सहयोग गर्न सके राम्रो हुने बताउनु भयो । उत्पादित बस्तुको बजार , बस्तुको गुणस्तर र ब्रान्डका बिषयमा धेरै समस्या रहेको उल्लेख गर्र्नु भयो । यसको लागि सरकारले काम गर्ने जरुरी रहको बताउनु भयो । उद्यमी करकोे दायरामा आएको र अझै आउन चाहाने भएकोले कर तिर्ने वातावरण बनाउने काम स्थानीय सरकार को हो भन्दै अबका दिनमा एक गाउँ एक उत्पादन ,एक घर एक उद्यमीको मोडल ल्याउन सुझाव दिनु भयो ।


कार्यक्रममा इलाम नगरपालिकाका प्रबक्ता वडा न ४ का वडा अध्यक्ष नुतन देव दुलाल , वडा न ६ का वडाअध्क्ष दुर्गा श्रेष्ठ मदन , वडा ८ का वडाअध्यक्ष दलमान तामाङ , वडा ९ का वडाअध्यक्ष गोपाल चौहान , इलाम नगरपालिका नगर महिला समन्वय समितिकाी अध्यक्ष पुष्पा खनाल ख जिल्ला सहकारी संघका कार्यबाहक अध्यक्ष लिलाप्रसाद थापा , होटल एशोसियसन इलामका अध्यक्ष देबि प्रसाद पौडेल ,प्रभु बैकका मेनेजर सुसान्त सेढाई, उद्यमी दिपा गुरुङ लगायतले शुभकामना मनत्व्य राखेका थिए । उद्यमीका समस्या र अबको आवश्यकतालाई ध्यानमा राखेर स्थानीय सरकारले उद्यमीहरु सँग छलफल गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन । उद्यमीको लागि घेरै बजेट राखिएको उत्पादन र बजारको अध्ययन विश्लेषण गरेर काम गर्नु पर्ने जनाइएको छ । जल्ला सहकारी संघ मार्फत समेत घर घर मा रहेका उद्यमीको खोजी गरी सबै सँग सँगै अघि बढ्नु पर्ने सहभागीले बताएका छन ।
संघकी उपाध्यक्ष रोमि कोइराला ले उधमि को उत्पादन हरुको स्टलहरु व्यवस्थापनगर्नु भएको थियो।संस्थाका उपाध्यक्ष दिब्या भट्टराईले स्वागत मन्त्य राख्नुभएको थियो भने सचिव कमला रिजालले कार्यक्रम संचालन गर्नु भयो ।