आज बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो ? हेर्नुहोस

आज बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो ? हेर्नुहोस

काठमाडौँ । आज (मंगलबार) सुनको भाउ पुनः उकालो लागेको छ ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि छापावाल सुन ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।