चुरेका खोलामा तस्करको रजाइँ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
चुरेका खोलामा तस्करको रजाइँ


इलाम/ इलामको रोङ गाउँपालिकाले ढुंगा, गिटी, वालुवा उत्खननमा रोक लगाएपनि उत्खनन नरोकीए पछि झापामा सिंचाईका लागि लगिएको सिद्धि नहर रोङ ६ का स्थानीयले आइतबार देखि बन्द गराएका छन् ।
दशै अघि देखिनै दुई स्थानीय तहमा चुरे दोहनको समस्या समाधानका लागि प्रयास भएपनि मेची नगरले चासो नदिएको कारण स्थानीयले नहर बन्द गरेको रोङ ६ का वडा अध्यक्ष मनिकुमार तामाङले बताए । उनले भने ‘बन्द गर्नु गलत हो तर रोङमा चुरे दोहनले थप विपत्ति ल्याउने खतरा बढेको छ ।
गत दशै अघि मेची नगरका ४ वटा ट्याक्टर सलकपुर प्रहरीले पक्राउ गरेपछि इलामको रोङ गाउँ पालिका र झापाको मेचीनगर नगरपालिका विच चुरे क्षेत्रमा गिटी बालुवा ढुंगा उत्खनन तत्काललाई बन्द गर्ने, वृक्षरोपण लगायतका कार्यक्रम सञ्चालन गर्ने सहमती भएको थियो । वार्ता पछि पक्राउ परेका ट्याक्टर लिएर फर्केका मेची नगरका जनप्रतिनिधि नफर्केको वडा अध्यक्ष तामाङले बताए ।
स्थानीयले झापाका तस्करहरुले वन रक्षक र प्रहरी माथी समेत दवाव दिने गरेको गुनासो गरे । उनीहरुका अनुसार मेची नगरपालिका वाड न १ र २ को ट्याक्सी व्यवसायी तस्करीमा सम्लग्न रहेका छन् । चुरे दोहन रोक्न रोङ ६ मा गठन भएको संघर्ष समितिका संयोजक निर्मल स्याङ्बोले दिगो रुपमा मुहान संरक्षणका लागि सिद्धि नहरको गेट बन्द गरेको बताए । मेची नगरपालिकाले देविगञ्ज पात्ले खण्ड को प्रारम्भिक वातावरण प्रभाव मुल्याकन प्रतिवेदन बनाएपछि ठेका लगाएको छ । त्यहि रिर्पोट देखाएर इलामको रोङ क्षेत्रमा तस्करी हुने गरेको संयोजक स्याङ्बोल बताए ।
मेची नगरपालिकाले भने अहिले सम्म समस्या समाधानका लागि चासो नदेखाएको वडा अध्यक्ष तामाङले बताए । उनले भने ‘पानी खोल्दीनु पर्यो मात्र भन्ने प्रस्ताव आएको छ, दिगो समाधान नभएसम्म पानी खोल्ने अवस्था छैन ।’
उनले संरक्षणको उपाय सहित बस्दा समस्या समाधन हुने बताए । बुधबार पनि चारवटा ट्याक्टर पक्राउ परेको अध्यक्ष तामाङले बताए । स्थानीयले आइतबारदेखि मेचीनगरतर्फ जाने नहर बन्द गरेका छन् । रोङ–६ को सिद्धि खोला र मेची खोलामा दोहन बढेको स्थानीयको भनाई छ ।
नहर बन्द हुँदा मेचीनगर १, २, ३ र ४ का कृषक प्रभावित भएको अध्यक्ष स्याङ्बोले बताए । आयोजनाबाट १७ सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ ।
सिद्धिखोला सिंचाई जल उपभोक्ता सस्थाका अध्यक्ष निलकन्ठ तिवारीले चुरे दोहनले नहरलाई समेत असर गरेको बताए । उनले पानी बन्दले निर्दोस कृषक प्रभावीत भएको गुनासो गरे । सोमबार समस्या समाधानका लागि पहल गर्न झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए पनि आफ्नो कार्यक्षत्र नपर्ने भन्दै इलामका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाइदिएको उनले बताए । नहरमा प्रति सेकेण्ड तीन हजार ५३ लिटर पानी बग्ने गरेको उनले बताए । झापामा अहिले आलु, तोरी तरकारी , सुपारी लगायतका खेती बालीमा सिंचाईको आवश्यकता पर्ने तिवारीले बताए ।