पुराना कपडाबाट रहरलाग्दो आम्दानी

Share This
  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
पुराना कपडाबाट रहरलाग्दो आम्दानी

इलाम : “उताको सबै बेचेर यतै बस्न मन थियो अलिक मिलेन” बारा जिल्ला घर बताउने धर्मेन्द्र कसुवाह कुरा गर्दा पनि काममै व्यस्त थिए । सिरक बनाउने काम गर्न पच्चिस बर्ष देखि इलामको रोङ गाउँपालिकाको शान्तिपुर आएका उनी अहिले रोजगारी दिने भएका छन् ।

छिमेकीलाई सघाउन इलाम आएका उनले इलामका गाउँ गाउँ सम्म कपासको भारी बोकेर दशक विताएका रहेछन् । केहि बर्ष सहयोगिको काम गरेपछि १६ बर्षको उमेरमा आफै काम थालेका उनले शान्तिपुरमै डेरा जमाएको अडाई दसक भयो । यो अवधीमा उनले निक्कै उतार चडावहरु खपे । उनले सुनाए “कलिलो केटाले सिरक,डस्ना बनाउँ भन्दै जाँदा कसैले पत्याउँदेन थियो ।” सबैले धपाउन खोजेपनि चिनेका घरमा उनी दिनभर पिढी कुरेर पनि बनाउन लगाउँथे । उनले भने “काम हेरेपछि भने सबैले काम लगाउन थाले ।” दशक बढि समय कपास कुट्नमै विताएका उनलाई कपास महंगो बन्दै गएपछि व्यपार घट्दै जाँदा व्यवसायनै संकटमा पर्ने पिरले सताउन थाल्यो । उनले सहरमा फाटफुट देखिन थालेको पुराना कपडाको रुवा बनाउने मेसनि प्रयोग गर्ने योजना बनाए ।

ट्याक्टर सहित मेसिनलाई १८ लाख लगानी गरेर उनले पहिलो मेसीन जोडे । बारामा बुबाले खेत जोत्न ल्याएको ट्याक्टरमा मेसनि जाडान गरेर शान्तिपुरमा प्रवेश गराए । उनको खच्केको व्यवसायले गती लियो । थप १८ लाख खर्चेर अको ट्याक्टर र मेसिन थपे । एउटा मेसिनले करिब सय किलो पुराना कपडालाई कपास जस्तो बनाएर सिरक, डस्ना, चकटी लगायतका सामान बनाउछ । दिनमा तीन जनाको समुहले गर्ने काम यती हो । एउटा मेसीनका लागि तीन देखि चार जना कमदार चाहिने उनले बताए । दुईवट मेसिनले दुई सय किलोको हाराहारीमा कपास बनाएर कपडा बनाउने गरेपनि ग्राहहको मागलाई थेग्न नसकको उनी बताउँछन् ।

अहिले ६ जनालाई मासिक दश हजार, खाना, आवास, लत्ताकपडा सहित रोजगारी दिएका उनले आफ्नो मासिक कमाई ३० हजार भन्दा माथी हुने बताए । कर्जामा ल्याएका दुबै मेसिनको कर्जा दुई बर्षमा चुक्ता गर्न लागेका उनले इलामका गाउँगाउँबाटमाग आएको बताए । अहिले माग थाम्ने नसक्ने अवस्थामा रहेका उनले ताप्लेजुङ सम्मबाट निम्तो आएपनि जान नसकको सुनाए ।

ट्याक्टरमा जोडेको मेसीनलाई कुसुवाहले गाउँ गाउँमा लगेर सेवा दिने जुक्ती निकालेपछि धेरैलाई फाईला भएको सुर्योदय नगरपालिका ११ भेषराज भट्टराईले बताए । दशैपछि घरमै बोलाएका उनले सय किलो बराबरको सामाग्री बनाए । उनले भने “डढाउने गरेका सबै कपडाहरु राम्ररी प्रयोगमा आए ।” खर्चपनि कम लागेकाले धेरैले यहि विधि मनपराएको उनको भनाई छ ।

मेसिनमा प्रयोगहुने इन्धन, जनशक्ति र कपडा मात्र कसुवाहको खर्च हुन्छ । उनले कपडा र श्रम गरेर प्रतिकिलो १६० रुपयाँका हाराहारीमा ज्याला लिने गरेको बताए ।