इलाम / चालीस लाख खर्च गरेर प्रथम नगर महोत्सव गरेको सूर्योदय नरपालिकाले अन्तुमा रहेको लाप्चा संग्राहलय सञ्चालन गर्न सकेको छैन ।
इलाम नगरपालिकाले लाखौ लगानी गरेको रकक्लाइमिङका लागि गरेको लगानी त्यसै खेर गएको छ । नयाँ प्रोडक्टका रुपमा निर्माण गरिएको रकक्लाइमिङ स्थानीय सरकारको प्राथमिकतामा नपर्दा समस्यामा परेको हो ।
स्थानीय सरकार पर्यटन नीति बनाएर काम गर्न उदासीन देखिएको कारण पर्यटन क्षेत्रमा आशलाग्दो काम हुन नसकको इलाम, पाँचथर र ताप्लेजुङका स्थानीय सरकारलाई नीति निर्माणमा सहयोग गरिरहेको निहारीका समाज सेवा मञ्चका कार्यकारी निर्देशक रमेश राई बताउँछन् । स्थानीय सरकार नीति र साना योजना बनाउने कुरामा अनिच्छुक देखिदा पर्यटन क्षेत्रमा क्रमागत विकास हुन नसकको उनको तर्क छ ।
इलामको पर्यटनसंग जोडिने कन्याम र अन्तुमा सौचालय, खानेपानी, पार्कीङ, सूचना संयन्त्रको अभाव रहेको श्री अन्तु होमस्टेका संचालक रुद्र घिमिरेले बताए । उनले स्थानीय होमस्टे व्यवस्थापनमा समेत काम हुन नसकेको गुनासो गरे ।
अन्तराष्ट्रिय महत्वको पर्वर्तीय सिमसार माईपोखरी रामसार, चर्चीत सिमावर्ती सन्दकपुर लगायतका थुप्रै पर्यटकीय गन्तव्य भएको सन्दकपुर गाउँ पालिका, रोङ गाउँ पालिका र माईजोगमाई गाउँपालिका बाहेक इलामका चार नगरपालिका र ३ गाउँ पालिकाले पर्यटन नीति वनाएर काम गर्न चासो देखाएका छैनन् ।
सन्दकपुले हालैमात्र पर्यटीन नीति पारित गरेको छ । पर्यटन प्रवर्दनमा काम गरिरहेका स्थानीय नागरिकले नीति आएपछि स्थानीय सकारको कामले ‘मेसो समात्ने’ आश गरेका छन् । तीन बर्ष अघि सन्दकपुर गाउँपालिका ३ देउरालीमा शुरु भएको माइपोखरी देउराली होमस्टेकी अध्यक्ष लिला देवि भट्टराईले भनिन् ‘काम कसरी गर्ने अन्यौल पर्यतन नीति आएपछि हटेको छ ।
गाउँपालिकाले समेत नीति आएपछि अब पर्यटकीय गन्तव्यको गुरु योजना बनाउने बाटो खुलेको ठानेको छ । गाउँपालिका अध्यक्ष उदय राईले भने ‘अब हरेक गन्तव्यको गुरु योजना बनाउने र त्यसलाई कार्यान्वायन गर्ने बाटो खुलेको छ ।’
पर्यटकीय क्षेत्रमा लगानी गर्न तम्सिएका स्थानीय तहले नीति नै नवनाई गुरु योजना बनाएर उल्टो काम गरिरहेको पर्यटन नीति निर्माणमा स्थानीय तहलाई सहयोग गरिरहेका नीहारीका समाज सेवा मञ्चका कार्यकारी निर्देशक राई । उनका अनुसार इलामका अधिकासं स्थानीय तहले पर्यटन नीति नवनाई मनलागेको ठाउमा खर्च गरिरहेका छन् । उनले भने ‘नीति भनेको कहाँ पुग्ने भन्ने योजना हो, पुग्ने ठाउँ नै तय नगरी बाटो खनेर कहाँ पुग्ने ।’
पर्यटकीय गन्तव्य कन्याम, श्रीअन्तु, करफोक, गोर्ख लगायतका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि लगानी बढाएको सूर्योदय नगरपालिकाले पनि पर्यटन नीति निर्माण गरेको छैन । सुर्योदय नगरपालिका ९ का अध्यक्ष देवेन्द्र शर्माले पर्यटन गुरु योजना निर्माणको चरणमा भएपनि नीति नवनेको बताए ।
पाथीभरा क्षेत्रको गुरुयोजना निर्माण, जाती अनुसारको होमस्टे निर्माण लगायतका योजना सहित अघि बढेको रोङ गाउँ पालिकासंगपनि पर्यटन नीति कार्यान्वायनमा ल्याएको छ । अध्यक्ष सम्सेर राईले भने ‘पर्यटन नीति आवश्यक रहेछ, नीति वनेपछी अरु योजना बनाउन बाटो खुल्ने देखियो ।’
इलाम नगरपालिकाले पनि पर्यटन नीति बनाएको छैन । नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले नगरपालिकाले आर्थिक समृद्धिको पहिलो आधार भनेर प्राथमिकतामा राखेको बताए । उनले भने ‘अब बनाउनु पर्छ भन्ने विषयमा छलफल शुरु भएको छ ।’
इलाम मात्र हैन पाँचथर र ताप्लेजुङमा पनि पर्यटन नीति प्राथमिकतामा नपरेको मञ्चका कार्यकारी निर्देशक राईले बताए । पाँचथरको मिक्लाजुङ गाउँपालिका र ताप्लेजुङको मैवाखोला गाउँपालिका बाहेकले पर्यटन नीति बनाएका छैनन् । पुर्वका स्थानीय तहले पर्यटनलाई आर्थिक सम्वृद्धिको आधार ठानेपनि क्रमवद्ध विकासमा भने चासो नदेखाएको कार्यकारी निर्देशक राईको भनाई छ ।