देउमाइ नगरपालिकाको कोषमा लक्ष्मी लघुबित्तको सहयोग

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
देउमाइ नगरपालिकाको कोषमा लक्ष्मी लघुबित्तको सहयोग

देउमाइ : देउमाइ नगरपालिका वार्ड न ४,मङलबारे स्थित लक्ष्मी लघुबित्त मङलबारे शाखाले देउमाइ नगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण तथा प्रकोप ब्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ।आज एक कार्यक्रमका बिच लक्ष्मी लघुबित्तका शाखा प्रमुख भिम न्यौपानेले नगर उपप्रमुख एवं बर्तमान निमित्त नगर प्रमुख पविमाया राई लाई चेक हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाले स्थापना गरेको उक्त कोषमा संस्थाले गरेको सानो सहयोगले कोरोना नियन्त्रण तथा प्रभावितहरुको उपचारमा सहयोग पुग्ने संस्थाले बिस्वास लिएको शाखा प्रमुख नयौपानेले बताए । शाखाले इलामका विभिन्न स्थानीय तहमा शाखा खोलेर सदस्यहरुलाई वित्तिय सहयोग प्रदान गरिरहेको छ ।