पशुपालकलाई ‘च्याप कटर’

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
पशुपालकलाई ‘च्याप कटर’

फिक्कल : इलामको सूर्योदय नगरपालिकाले १४ वडाका पशुपालक किसानहरुलाई आधा अनुदानमा मोटर सहितको घाँस टुक्राउने मेसिन वितरण गरेको छ .
नगर क्षेत्रका ५६ जना किसानलाई नगरप्रमुख रण बहादुर राईले घाँस टुक्राउने ‘च्याप कटर’ मेसीन हस्तान्तरण गरेका हुन् ।
प्रति मेसिन २९ हजारमा खरिद गरेको नगरपालिकाले किसानको आधा लागत सहभागितामा वितरण गरेको जनाइएको छ । नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त मेसिन बितरण गरेको हो ।
गाई खरिद गरेर पाल्न नसक्ने आर्थिक अवस्था भएका किसानलाई ८० प्रतिशत अनुदानमा गाई नै खरिद गर्न अनुदान दिदै आएको नगरपालिकाले गाई, बाख्रा पाल्ने किसानका लागि उत्पादन लागत घटाएर आम्दानी वृद्धिमा प्रोत्साहन गर्ने उदेश्यले मोटर सहित मेसिन बितरण गरेको नगरप्रमुख रण बहादुर राईले बताए । नगरले चालु आर्थिक बर्षमा गाई वितरणका लागि कृषकबाट आवेदन माग गरेको उनले जानकारी दिए .
च्याप कटरले घास टुक्राएर प्रयोग गर्दा घाँसको खपत कमहुने कृषकहरुको अनुभव छ .