थलापरे साना व्यपारी

Share This
  •  
  • 149
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    149
    Shares
थलापरे साना व्यपारी

सरुका बाङ्देल
रोङ :हाँसपोखरी देखि लाइन लागेर पाथीभरा मन्दिर पुग्नेको लर्को देखिन छोडेको धेरै भयो । त्यहि लर्कोको आशमा पाथीभरा मन्दिर क्षेत्र र मेची राजमार्गको हाँसपोखरी, कुट्टीडाँडा लगायतमा व्यवसाय पनि कोरोना कहरको प्रभावले पनि चौपट्ट बन्यो ।
इलामको रोङ गाउँपालिकाको पाथीभरा मन्दिर आसपासमा रहेका पचास भन्दा बढि पसलहरु अहिले सुनसान छ । त्यहि कारोबारमा दैनिकी चलाउनेको दिनचर्या झनै कष्टकर बनेको छ । पाथीभरा मन्दिरमा दैनिक ब्यवसाय गर्ने कल्पना भुजेल कारोबार ठप्प हुँदा अब के गर्ने भन्ने चिन्तामा छन् । उनले सुनाईन ‘कोही आउँदैनन्, कारोबार पुरै बन्द भयो ।’
मन्दिर क्षेत्र र मेची राजमार्ग आसपासमा राखिएका पुजा सामाग्री, कृषि उपज लगायतका पसलहरु बन्दहुँदा कोरोनाले भन्दा पनि भोकले मर्ने अवस्था आउने चिन्तामा छन् उनीहरुमा । दैनिक एक हजार भन्दा माथी आर्जन गर्ने उनीहरु अहिले विकल्पको खोजीमा छन् । । करिब पचासको हाराहारीमा रहेका व्यपारीहरु भेलाहुन छोडेपछि मन्दिर क्षेत्र सुनसान छ । मन्दिर परिसरमा बाँदरहरु खेलीरहेको मात्र देख्न सकिन्छ । स्थानीय पुजारीका अनुसार लकडाउन शुरु भएदेखि भक्तजनहरु आउने क्रम प्राय ठप्प भएको छ । बर्षभरीनै भिडभाड हुने मन्दिर क्षेत्रमा शनिबार र मंगलबार देशका विभिन्न सथानका भक्तजनको भिड लाग्ने गरेको थियो ।
पाथीभरामा मात्रै हैन पर्यटकीय गन्तव्य कन्याममा समेत साना व्यपारीको लगानी डुवेको छ । कोरानाको त्राससँगै बन्द भएको व्यपारले भरखरै गरेको लगानी संकटमा परेको गुनासो गर्छिन कन्यामको एक कस्मेटीक पसलकी सञ्चालीका सिमा राई । उनले सुनाईन् ‘सबै ट्रली व्यवसाय महिनौ देखि बन्द छ ।’ त्यहा एक सय ५० भन्दा बढि ट्रली व्यवसायी रहेको सूर्योदय नगरपालिकाले जनाएको छ । सूर्योदय नगरपालिका र आसपासका स्थानीय तहका व्यपारीहरुले पनि कन्याममा कारोबार गरेर राम्रो आयआर्जन गर्दै आएका थिए । कन्याममा सिजनमा एक व्यक्तिले देनिक तीन हजार सम्म खुद नाफा आर्जन गर्ने गरेका थिए ।