राष्ट्रिय कृषक समूह महासंघको ‘स्थापना सप्ताह’ शुरु

Share This
  •  
  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares
राष्ट्रिय कृषक समूह महासंघको ‘स्थापना सप्ताह’ शुरु

इलामः कृषि तथा किसान अधिकारको अभियान एक दशक विताएको राष्ट्रिय कृषक समूहमहासंघ नेपालले आफ्नो दशौ स्थापना दिवसको अवसमा साताव्यापी कार्यक्रमको आयोजना गरेको छ ।
२०६६ सालबाट सेवा केन्द्र देखि संघर्ष शुरुवातगर्दै २०६८ सालमा कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठनको जन्मिएको महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर साताव्यापी कार्यक्रमको घोषणा गरेको हो ।
हाल ५९ जिल्लाका चार हजार २५० भन्दा बढि कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरु आवद्ध रहेको महासंघले मुलुकमा परिवर्तन आएपनि किसानको मुहारमा परिवर्तन नआएको भन्दै स्थापना दिवसको अवसरमा तीनै तहका सरकारलाई गम्भिरहुन आग्रह गरेको छ । महासंघले कृषि क्षेत्र र किसानवर्ग सधै छाँयामा पर्दै अएको उल्लेख गर्दै महासंघले भनेको छ ‘कृषि कर्ममा समर्पित लाखौं नेपाली किसानहरु आफ्नो पेशाको सुरक्षा र नीतिगत प्रतिनीधित्व एवं निर्णयको अधिकार प्राप्ति सवालमा समस्यै समस्या भोगिरहेका छन् ।’
किसानको आफेनो पहिचानभएन, उत्पादिन बस्तुले बजार र उचितमूल्यपाएनन् । रैथाने वाली, परम्परागत ज्ञानको संरक्षण सम्वर्धन र प्रवद्र्धन गर्न नहुँदा, ब्यवसायिक कृषिको नाममाआयतीत कृषिअभ्यासले मौलिकउत्पादनहरु लोप हुदैं गए ।किसानकानाममाकयौं कार्यक्रम, योजना परियोजनाबनेँ तर साच्चै सानाकिसानको मुहारमाखुशील्याउन सकेन । करोडौ रुपैया दुरुपयोग भए । जिम्मेवार राज्यको प्रत्याभूतनहँदासमयमा बल विउ, औजार, र प्राविधिक सेवाउपलब्धनहुँने वर्षेनीको नियतिकिसानले भोग्दै आए ।जलवायु परिवर्तनले कृषि र किसानलाई नै बढि प्रभावितपारिरहेको छ । विभिन्न समयमाआउँने कृषिएवं पशु जन्य रोग र महासमारीले किसानलाई नै लपेट्छ । कोभिड —१९ ले पनिसाना, सिमान्त, भूमिहिन, कृषिमजदुर र महिलाकिसानहरुकोअवस्थाथप कष्टकर बनाएको छ ।

स्थापना दिवसको अवसरमा महासंघले जारी गरेको विज्ञप्तिमा सेवाप्रदायक निकायहरुमा सानाकिसानको पहुँचअभिवृद्धि गरी दिगो तथा आत्मनिर्भरमूखी उत्पादन वृद्धिबाट राष्ट्रिय उत्पादकत्वमा टेवापुर्याउने लक्ष्यका साथ महासंघले आफ्नो अभियान जारी राखेको जनाएको छ ।
सार्वजनिकनिकाय, निजी संघसंस्था र कृषक,कृषक समूहकृषि सहकारीहरुको साझेदारी सुदृढ बनाई ग्रामीण जिविकोपार्जन तथा अर्थतन्त्रविकासमा योगदान पुराई ग्रामीण गरिवीन्यूनगर्न यो महासंघ प्रयत्नरत रहेको महासंघका कार्यक्रम संयोजक केदार कोइरालाले बताए ।
स्थापना सप्ताहको अवसरमा महासंघले आफै विकास गरेका कृषि नमुना अभ्यास, कृषि र किसान मैत्री नीतिगत छलफल लगायतका कार्यक्रम आयोजना गरेको महासंघकि सूचना अधिकृत प्रतिमा पराजुलीले जानकारी दिइन् । कार्यक्रम सोमबार सम्म सञ्चालन हुने जनाइएको छ ।