नयाँ गन्तव्यमा रोङको नजर

Share This
  •  
  • 107
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    107
    Shares
नयाँ गन्तव्यमा रोङको नजर


रिना ढुङ्गेल
रोङ । रोङ गाउँपालिकाले रोङ ३ को गुगल डाँडा, रोङ ६ को झण्डी डाँडा सहितका पर्यटकीय गन्तव्यहरुलाई प्रवर्दनका लागि चासो दिएसंगै पर्यटकको चाप समेत बढ्न थालेको छ । इलामका अधिकांस गाउँपालिका सहित आकर्षक पर्यटकीय छटाको अवलोकन गर्न पाइने गन्तव्यहरुलाई पालिकाले वेग्लाबेग्लै गन्तव्यको रुपमा विकास गर्न लागेको हो ।
पछिल्लो समयमा गुगल डाँडाको चर्चा निक्कै चुलिएको छ । झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाले सुर्योदय दृश्यावलोकनका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेपछि स्थानीय बासिन्दाले समेत त्यसको व्यवस्थापनमा सहयोग गरी रहेको छ । स्थानीय युवाहरुले चुचुरो सम्म जाने बाटो र संकेतहरुको व्यवस्था गरेको स्थानीय रमेश तिम्सीनाले बताए । उनका अनुसार डोको आकारको डाँडाबाट प्रदेश एक का सबै हिमसंखला देखीन्छन् ।
नजिकै रहेका कन्याम चियाबारीका साथै हाँसपोखरी ,पाथीभरा देविको मन्दिर क्षेत्र समेटेर नयाँ गन्तव्यको रुपमा गुगल डाँडालाई विकास गर्न सकिने सम्भावना देखिएको छ ।
एक हजार आठ सय २५ मीटर उचाईमा रहेको गाँउपलिकाको वडा नम्बर ३ मा पर्ने भूमापन केन्द्र रहेको गुगल डाडाबाटमा पर्यटकको अकर्षण बढेसंगै गाउँपालिकाले समेत त्यस क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रम अघि सारेको गाउँपालिका अध्यक्ष शमशेर राई बताए ।
इलामको कन्याम चिया बगान र सानो पाथीभरा मन्दिरकोबीच भागमा रहेको गुगल डाँडामा पुग्न इलामका अन्य भित्री पर्यटकीय गन्तव्य भन्दा मेची राजमार्गको काखमा रहेको गुगल डाँडा पर्यटकको रोजाइमा पर्न थालेको हो । मेची लोकमार्गको नजिकै रहेको गुगल डाँडासम्म पदमार्ग निर्माणमा गाउँपालिका जुटेको छ ।