महिला उधमी बचत तथा ऋण सहकारीको सातौ साधारणसभा सम्पन्न , चारजना सम्मानित

महिला उधमी बचत तथा ऋण सहकारीको सातौ साधारणसभा सम्पन्न , चारजना सम्मानित

इलाम : महिला उधमी बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभा  शुक्रबार इलाममा सम्पन्न भएको छ । सभाको उद्घाटन कार्यक्रम इलाम नगरपालिकाको उपप्रमुख विष्णु कुरामी दहालको प्रमुख आतिथ्य र संस्थाको अध्यक्ष सुनिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

कार्यक्रममा विभिन्न बिधामा चार जनालाई सम्मान गरिएको संस्थाको सचिव आशिका खत्रीले बताउनु भयो ।  सफल उद्यमी गीता शिवा , जेष्ठ सदस्य भिम कुमारी कोइराला , असल बचतकर्ता पासाङ डोमा शेर्पा  र असल ऋणी राम कुमारी राई सम्मानित भएको संस्थाको सचिव आशिका क्षेत्रीले बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष सुनिता  श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ममता कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा विशेष अतिथि इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण (चेतनाथ ) पौडेल , हरितनगर महिला समुहको अध्यक्ष रिना घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।