महिला उद्यमी संघ इलाम अध्यक्षमा रोमी पौडेल 

महिला उद्यमी संघ इलाम अध्यक्षमा रोमी पौडेल 

सृजना श्रेष्ठ , इलाम माघ २४: महिला उद्यमी संघ नेपाल इलाम अध्यक्षमा रोमी पौडेल  निर्वाचित हुनु भएको छ । इलाम सदरमुकाममा बुधबार सम्पन्न तेस्रो अधिबेशन बाट उपाध्यक्षमा दिव्या भट्टराई, महासचिव उषा निरौला, सचिव रञ्जना जोशी र कोषाध्यक्षमा तिर्थ श्रेष्ठ  चयन भएका छन  । सदस्यहरूमा  पवि माया गुरुङ, लीला खत्री, खिना बस्नेत, वेदमाया मुखिया (सोनु)  र सिर्जना याता श्रेष्ठ सर्वसम्मत चयन भएका छ्न  । 
उद्घाटन कार्यक्रम  संघकि अध्यक्ष शुसिला सापकोटाको अध्यक्षता र ईलाम नगरपालिकाकि उपमेयर विष्णु लिम्बु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा  विगत ३० वर्ष देखि तमु होटेल संचालक गर्दै आउनु भएकी  हिमा गुरुङलाई सम्मान गरिएको थियो ।


  महिला उधमी महासघकि केन्द्रिय सदस्य एवम  कोशि प्रदेश संयोजक कृति श्रेष्ठ , वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवता नुतनदेव दुलाल ,१ का अध्यक्ष गायत्रीराम बस्नेत , ५ का काजी श्रेष्ठ , ६ का  मदन श्रेष्ठको लगायत महिला उधमीको  उपस्तिथिती रहेको थियो ।