सूर्योदय होटल व्यवसायी संघमा नयाँ नेतृत्व

सूर्योदय होटल व्यवसायी संघमा नयाँ नेतृत्व

इलाम–सूर्योदय होटल व्यवसायी संघको दोस्रो साधारणसभाले प्रज्वल प्रधानको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा उदयहाङ फागो, सचिवमा मोहनदोर्जे कागते, सहसचिवमा दिलीप तामाङ र कोषाध्यक्षमा प्रगिना श्रेष्ठ चुनिएका छन् ।

सदस्यहरूमा सन्तोष तिवारी, श्रीजय बराल, जीना श्रेष्ठ, नगेन्द्र रिजाल, रूपना श्रेष्ठ र सिम्रन गुरुङ छानिएका छन् ।
संघले होटल व्यवसायीको क्षमता विकास र सूर्योदय नगरपालिकामा पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान गर्दै आएको छ ।

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले साधारणसभा उद्घाटन गरेका थिए । मेयर राईले सूर्योदयको पर्यटन प्रचार गरेर पर्यटक भित्राउन सबैले प्रयास गर्नुपर्ने बताए । सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा कुमार बरालले सूर्योदय नगरपालिकामा पर्यटकको आकर्षण बढाउन नगरपालिकाले भौतीक पुर्वाधारमा ध्यान दिएको बताए ।
संघका निर्वतमा अध्यक्ष अभिषेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिका ८ का वडा अध्यक्ष जंग गुरुङ, वाड न १० का वडाध्यक्ष पेमा उगेन लामा , पत्रकार महासंघ कोशीका अध्यक्ष लवदेव ढुंगाना लगायतले मन्तव्य राखेका थिए । सभामा संस्थाका सचिव युवराज प्रधानले संस्थाको आर्थिक र प्रगती प्रतिवेदन पेश गरेका थिए ।

https://www.facebook.com/groups/175610333646852/permalink/931966334677911/?mibextid=oMANbw