सूर्योदयमा पहिलो पटक व्यवसाय प्रवद्र्धन तालिम

सूर्योदयमा पहिलो पटक व्यवसाय प्रवद्र्धन तालिम

सूर्योदय : युवा उद्यमी र उद्धम गर्न चाहने युवाहरुका लागि इलामको सूर्योदय नगरपालिका ८ मा नगरमै पहिलो पटक आयोजना गरिएको व्यवसाय प्रवद्र्धन तालिम सोमबार सम्पन्न भएको छ ।
बुधबारबाट शुरु भएको पाँच दिने तालिममा सूर्योदय ८ का २५ जना युवा उद्यमी र उद्धमगर्न चाहनेहरुको सहभागिता रहेको थियो ।
तलिम समापनका अवसरमा वडा सदस्य कमल गड्तौलाले उद्यमी बन्ने चाहनेका लागि तालिमले उद्यम सुरु गरेका र गर्न चाहनेका लागि व्यवसायीक योजना हितका उपायका बारेमा जानकारी प्रदान गरेको बताए ।


समापन कार्यक्रमका अध्यक्ष तथा सूर्योदय नगरपालिका ८ का वडा अध्यक्ष जंग बहादुर गुरुङले सूर्योदय नगरपालिकाको सबै भन्दा बढि उद्योग, फार्म र सहकारी भएको वडामा व्यवसायीहरुको व्यवसायीक सफलताका लागि तालिमले सहयोग गर्ने अपेक्षा राखेको बताए । उनले भने ‘नगरपालिकाकै लागि व्यवसाय प्रवद्र्धनको यो प्रयास पहिलो र नयाँ हो ।’


उनले सूर्योदय नगरपालिकामै पहिलो पटक १५६ कृषकलाई थोपो सिंचाई सहितको प्लाष्टिक टनेल निर्माणका लागि सामग्री वितरणको काम अन्तिम चरणमा पुगेको बताए । उनले भने ‘हामी किसानको हितबाटै नगरकाृ उन्तती हुने कुरामा विश्वस्त छौ, त्यही अनुसार कायक्रम अघि बढाइरहेका छौ ।’


तलिममा उद्योग वाणिज्य संघ सूर्योदयका महासचिव तोयानाथ भट्टराई, हिमालयन बैंक फिक्कल शाखाका इञ्चार्ज अर्चन ढुंगानाले सहजीकरण गरेका थिए ।
तलिमले व्यवसाय गर्न चाहनेलाई उर्जा र सिप प्रदान गरेको सहभागि जानुका खड्काले बताइन् । वडा सचिव इश्वर पौड्यालले व्यवसाय प्रवद्र्धनका लागि तालिम कोशेढुङ्गा हुने विशवास व्यक्त गरे ।