इलामको फिक्कलमा कोशी पहाडमै पहिलो आधुनीक आँखा सल्यकृया सेवा

इलामको फिक्कलमा कोशी पहाडमै पहिलो आधुनीक आँखा सल्यकृया सेवा


फिक्कल :इलामको फिक्कलमा सञ्चालीत फिक्कल आँखा तथा कान उपचारमा कोशी प्रदेशका पहाडी जिल्लाहरुमै पहिलो पटक अत्याधुनीक आँखा ल्यकृया सेवा शुरु भएको छ ।  
अनुभवी डाक्टरको साथमा पुर्वी इलामको व्यपारीक केन्द्र फिक्कलमा मोतियाविन्दु सहित आँखाको अन्य रोगको अप्रेसन सेवा शुरु गरेको केन्द्रका इञ्चार्ज पुस्कर झाले जानकारी दिए । उनका अनुसार सबै बिरामीको अत्याधुनिक ‘फेको’ प्रविधिबाट आँखामा ‘फोल्डेबल लेन्स’ राखेर आँखाको शल्यक्रिया गरिन्छ ।
उनका अनुसार पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा यस्तो प्रकारको अत्याधुनीक प्रविधिबाट उपचार गर्ने प्रविधि छैन । धनकुटामा प्रयास भएपनि सञ्चालनमा नआएको उनले बताए ।


उनले भने ‘सल्यकृयाका लागि झापा, वा विराटनगर जाने विरामीले यहीं सेवा पाउने भएका छन् ।’ अहिले महिनामा एक दिन सञ्चालनहुने सेवा विरामीको चापलाई विचार गरेर दैनिक बनाउने योजना रहको झाले बताए ।
जेठ १८ गतेदेखि थपिएको सेवा अन्तरगत पहिलो दिन  फिक्कल आँखा तथा कान उपचारको मुख्य शाखा कार्यालय विराटनगर आँखा अस्पतालका वरिष्ठ चिकित्सक रेटिना कन्सलटेन्ट डा. लिलि राजवंशीले ८ जना मोतिबिन्दु भएका बिरामीको शल्यक्रिया गरेको झाले जानकारी दिए ।
विराटनगर आँखा अस्पतालकी मेडीकल सुपरिटेण्डेन डा रक्षा पन्तले आँखा र कानका जटिल समस्या बाहेकका लागि इलाम र आसपासका नागरिकले अब अरु तिर जानु नपर्ने बताइन् । उनले  केन्द्रमा अत्याधुनीक मेसिनको सेवा समेत शुरु गरेको जानकारी दिइन् ।
संघका सचिव विष्णु कार्कीले संघले थप गरेको सेवाले इलाम, पाँचथर, ताप्लेजुङका आँखाका विरामीलाई राहत मिल्ने बताए ।
घरगाउँमै सेवा पाएपछि आँखाका विरामीले समेत सस्तोमा गुणस्तरिय सेवा पाएको प्रतिकृया दिए । सेवा लिएर फर्कन लागेकी स्थानीय दमन्ता खनालले सित्तल मौसममा सस्तोमा सेवा पाउँदा खुशी भएको बताइन् । उनले भनिन् ‘अझै धेरै सेवाहरु थपेर आँखा उपचारका लागि झापा जाने बाटो छोट्याउनु पर्छ ।’ केहि महिना अघि सूर्योदय नगरपालिका फिक्कल चोकमा शुरु भएको फिक्कल आँखा तथा कान उपचारमा विरामीको चाप बढ्दै गएको इञ्चार्ज झाले जानकारी दिए ।
तस्विर ः आँखा उपचारको सेवा लिदै आँखाका विरामी