स्थानीय सरकारलाई कृषि ऐन जारी गर्न आग्रह

स्थानीय सरकारलाई कृषि ऐन जारी गर्न आग्रह

मंगलबारे (इलाम) । राष्ट्रिय कृषक समूह महासंघ देउमाई नगरपालिकाको प्रथम नगर परिषदले स्थानीय तहलाई कृषि ऐन जारी गर्न माग गर्ने निर्णय गरेको छ । इलामको सन्दकपुर गाउँ पालिका बाहेकका स्थानीय तहले कृषि ऐन जारी नगरेको भन्दै सबै स्थानीय तहलाई ऐन जारी गर्न माग गरेको हो ।
मंगलबारेमा सम्पन्न परिषदले सूर्योदय नगरपालिकाको विषयगत समितिमा महासंगको प्रतिनिधित्वको व्यवस्था गर्न माग गर्ने गरेको छ । परिषदले कृषकलाई पायक पर्ने गरी कृषि र पशु सेवा प्राविधिकको व्यवस्था गर्न, कृषकलाई जंगली जनावारले पारेको असरको विषयमा ध्यानाकर्षण गराउँदै पिढीतलाई राहतको व्यवस्था गर्न स्थानीय सरकारसंग माग गर्ने निर्णय गरेको छ । सभाले नगरमा दर्ता हुने समूह दर्ता र नविकरणको व्यवस्था सहज बनाउन र दर्ता नविकरण शुल्क छुट गर्न समेत माग गर्ने निर्णय गरेको छ ।
महासंघले समुह व्यवस्थापन, लेखा व्यवस्थापन, वित्तिय साक्षरता तालिम सञ्चालन गर्ने लगायतको कार्यक्रम पारित गरेको महासंघका देउमाई अध्यक्ष कृष्णराज बरालले जानकारी दिए ।
सभाको उद्घाटनमा प्रमुख अतिथि देउमाई नगरपालिकाका कार्यपालिका सदस्य एवं वडा न ४ का वडा अध्यक्ष राजेन्द्र बास्तोलाले वास्तविक कृषकमा सरकारको सेवा सुविधा पु¥याउन महासंघसंग सहकार्य गर्ने बताए । उनले कृषि ऐन जारी गर्ने विषयमा समेत नगरपालिकाले सकारात्मक पहल गर्ने आश्वासन दिए ।
महासंघका जिल्ला अध्यक्ष विष्णु दुलालले स्थानीय तहलाई कृषि ऐन पारित गरेर किसानको हितमा योजनावद्ध रुपमा काम गर्न आग्रह गरे । महासंघले कृषि ऐन निर्माणका लागि स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलव्ध गराउँदै आएको छ । उनले महासंघले बर्गिकरण सहितको कृषक परिचय पत्र, करार खेती, कृषि तथा पशु विमाका कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारसंग छलफल अघि बढाएको बताए । परिषद नगर अध्यक्ष कृष्णराज बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।
परिषदमा सहभागि देउमाई नगरपालिकाका कृषक समूह र सहकारीका प्रतिनिधिले नगरमा कृषि र पशु प्राविधिकको अभाव रहेको, कृषिको बजेट सधै अगुवा कार्यकतालाई पोस्ने काम भएको, बन्यजन्तुले सताएपनि समाधानको उपाय नखोजेको, कृषि र पशु उपजको बजार अभाब रहेको लगायतका गनासा गरेका थिए ।
महासंघले इलामका स्थानीय तहमा रहेका तहगत महासंघको प्रथम परिषद सम्पन्न गरेको अध्यक्ष दुलालले जानकारी दिए । उनले फागुन ८ गते सदरमुकाममा प्रथम जिल्ला परिषद सम्पन्न गर्ने जानकारी दिए ।