गुराँस लाइफको वार्षिक उत्सवमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

गुराँस लाइफको  वार्षिक उत्सवमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार १२ औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा इलाम शाखाले एक कार्यक्रमका बीच संचारगृह र प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।


कोरोना भाइरस (कोभिड १९) संक्रमणको बेला जनतामाझ पुगी फिल्डमा खटिनु पर्ने भएकोले इलामका तीनओटा संचार गृह इलाम एफ एम , नेपालबाणी एफ एम ,चियावारी एफ एफ र नेपाल प्रहरीलाई N95 मास्क , सेनिटाइजर , ग्लोबस वितरण गरेको छ । इलामको ट्रफिक प्रहरीलाई थर्मल गन समेत प्रदान गरिएको छ ।
जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता तथा कम्पनीको इलाम शाखाका प्रमुख अर्जुन पोख्रेलको अध्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका डिएसपी हेमन्त भण्डारी , पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेली ,इलाम एफ एमका स्टेशन प्रमुख रमेश पराजुली

एजेन्सी म्यानेजर सन्तोष चौहान ,रिता साङ्गापाङ्गगले शुभकामना मन्तव्य राखेका थिए ।


कम्पनीले विगतमा पनि सामाजिक उत्तर दायित्वका कार्यक्रमहरु संचालन गदै आएको शाखाका प्रमुख अर्जुन पोख्रेले बताउनु भयो । विश्वभर कोरोना संक्रमण फैलिरहेका बेला नेपालमा पनि दिनप्रति दिन संक्रमितहरु बढ्दै गइरहेका छन । जस्तो सुकै परिस्थितीमा पनि अग्र स्थानमा रहेर सुचना संप्रेषण गर्ने संचारकर्मी र नागरिकलाई सुरक्षा दिने प्रहरी कोरोनाको जोखिममा रहने भएकोले स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको पोख्रेलले बताउनु भयो ।
गुराँसको इलाम शाखाले विगत तीन वर्ष देखि देशभरीबाट सवैभन्दा बढी बीमा शुल्क संकलन गर्दै आएको छ । कम्पनीको देशभर ८५ वटा शाखाहरु रहेका छन भने १२ वटा भन्दा बढी बिमा योजना संंचालन गरीरहेको छ ।कम्पनीले १२ वर्ष पुरा गरी रहँदा नेपाली बिमा बजारमा सर्वाधिक बोनस दिन सफल भएको छ । लामो अवधिको बिमामा प्रति लाख ८ हजार सात सय सम्म बोनस दिनसफल भएको छ । उक्त कार्यक्रम सञ्चालन गुरास लाइफका वरिष्ठ एजेन्सी मेनेजर
गोपाल नेपालले गर्नुभएको थियो ।